stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली निर्वाचित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा फर्सु ज्ञवाली निर्वाचित भएका छन्। ज्ञवाली यहि असोज २९ देखि मङ्सिर एक गतेसम्म चलेको नवौं अधिवेशनबाट ज्ञवाली अध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एमालेका स्थायी सदस्य तथा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले ज्ञवालीलाई आगामी तिन वर्षको लागि निर्वाचित गरेको हो।

त्यस्तै, स्थायी समिति सदस्य वरिष्ठ उपाध्यक्ष मा होमनाथ पोखरेल, उपाध्यक्षमा शिशिर ज्ञवाली र गुरुशरण शाह निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा सिर्जना खड्का निर्विरोध निर्वाचित भएकी छन्।

त्यस्तै महासचिवमा कुमारमान डंगोल, उपमहासचिवमा अमृत ओखेडा, सचिवमा विनय पौडेल र कुशल रुपाखेती निर्वाचित भएका छन् भने महिलातर्फको सचिवमा सरस्वती फुयाँल निर्वाचित भएकी छन्।

त्यस्तै कोषाध्यक्षमा कुलचन्द्र भट्टराई निर्विरोध निर्वाचित भएका छन् भने सह कोशाध्यक्षमा मंजु गौतम विजयी भएकी छन्। त्यस्तै सदस्यहरुमा सिष्टि दुलाल, रत्ना केसी, अर्जुन गौतम र प्रकाश अधिकारी विजयी भएका छन्।

त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद भुर्तेल, सागर न्यौपाने, सन्तोस खतिवडा, पुर्ण बहादुर कार्की, महिला सदस्य कुसुम राना (निर्बिरोध), आदिवासी जनजातिमा गोपाल कृष्ण लिगल, दिनेश कुमार शाह मधेसबाट र दलितबाट भवानी नेपाली तथा पिछडिएको क्षेत्र अपांगमा रोहित ओलि निर्वाचित भएका छन्।

तीन चलेको अधिवेशनले लामो समयदेखि अड्किएको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्दै मङ्सिर १ गतेको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो। युनियनमा करिब पांच सय कर्मचारी आबद्द छन्।

अध्यक्षमा निर्वाचित भएपछि बिजपाटीसंग कुराकानी गर्दै ज्ञवालीले आफुले आफ्नो यो तीन वर्ष कार्यकालमा निगमभित्र भएका व्यवसायीक अनियमिततालाई सुधार्न र कर्मचारीमा भएका निराशालाई हटाएर उत्साह बढाउन तथा संस्थाको आर्थिक स्वास्थ्य स्वस्थ बनाउन व्यवस्थापन सहितका निकायहरुमा पहल गर्ने प्रतिबद्दता जनाएका छन्।

kumari bank
kumari
nawakantipur long