stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

यातायात पूर्वाधार विकासका लागि विश्व बैंकसँग ५४ अर्ब रुपैयाँको आर्थिक सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर ९ करिब ५४ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले उक्त आयोजनाको सम्झौतामा हस्ताक्षर गरेका हुन् । विश्व बैंकले कोभिड १९ पछि नेपालमा आर्थिक गतिविधिलाई बढवा दिन सडक सहयोग आयोजना अन्तर्गत उक्त रकम सहयोग गरेको हो ।

आयोजनाले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नका लागि र रणनैतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरणका लागि उक्त रकम खर्च गर्नेछ ।

हस्ताक्षर समारोहमा अर्थमन्त्री खतिवडाले आयोजनाले सीमापार बजार लगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढवा दिदैं कोभिड १९ पछिको आर्थिक पुनरुत्थानलाई सघाउने बताए । उनले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्षहरुलाई प्राप्त गर्न आयोजना सहयोगी हुने बताए ।

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले कोभिड १९ संकटका बाबजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाई आयोजनाले सघाउने बताए ।

उनले रणनैतिक सडक सञ्जालको सुरक्षा तथा उत्पादनशील सुनिश्चितता तथा क्षेत्रीय व्यापार र सम्र्पक सञ्जालको सहजीकरण गर्न तथा रोजगारका अवसरहरुको सिर्जना गर्न आयोजनाले सहजीकरण गर्ने बताए ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले आयोजनाले मुख्य यातायात मार्ग र सीमापार विन्दुहरुमार्फत सामान ढुवानी गर्ने समय र लागत घटाउन सहयोग पु¥याउने बताए ।

आयोजनामा ठूलो रकम परिचालन हुने भएकाले कोभिड १९ पछिको अवस्थामा आर्थिक वृद्धिलाई बढाउन सहयोग पुग्ने ढुंगानाले बताए ।

आयोजनाले राष्ट्रिय सडक सुरक्षा परिषद् तथा सडक विभागको संस्थागत सुदृढीकरण लगायत रणनैतिक सडक सञ्जाल भित्रका उच्च चाप रहेका अन्य सडकहरुको आवधिक मर्मत गर्नमा समेत सहयोग गर्नेछ ।

आपतकालिन अवस्थाको सम्बोधन र पुनरुत्थानलाई सघाउन आयोजनाको रकम आवश्यकता अनुसार पुनविनियोजन गर्न सक्ने गरी आयोजनामा आपतकालिन सहयोग कार्यक्रम समेत समावेश गरिएको छ ।

 

 

prabhu mahalaxmi
kumari bank
kumari