evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

ज्योति गुरुङ र ज्योति भण्डारी विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सिआइबीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रकम अपचलन भएको भन्दै सहकारी सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सिआइबीमा जाहेरी दिनुभएको थियो ।

सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान  थापा र प्रकाश यादव विरुद्ध अदालतबाट  पक्राउ पुर्जी जारी  भइसकेको  प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सहकारीको रु १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।

igi long
himalayan life insurance long ad