stcnepal long ad

नेपाल आयल निगमले बाढी पीडितलाई तीन करोड सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत र पुनःस्थापना गर्नका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ।

बाढी पीडितलाई सघाउन आयल निगमका कार्यकारी निर्देशक डा।चण्डिका प्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निगमको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा बजेट सहयोग गरेको निगमका कार्यकारी निर्देशक भट्टले बताए।

निगमले उद्दार कोषमार्फत बाढी पीडितसम्म राहात पुर्‍याउन सहयोग गरेको जनाएको छ। ‘आशा छ, आयल निगमको सानो सहयोगले केही बिस्थापितहरुलाई पुनःस्थापना गराउन सहयोग पुग्नेछ, ’ भट्टले भने।