stcnepal long ad
ime life insurance
national life
global ime bank long

पाइप लाइन मार्फत भारतबाट आउन थाल्यो पेट्रोल

नियमित आउन केही समय अझै लाग्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भारतबाट पाइप लाइन मार्फत पेट्रोल आउन थालेको छ । नेपाल आयल निगमले अहिले डिजेल मात्र त्यसरी ल्याइरहेकोमा नेपाल–भारत पेट्रोलियम पाइप लाइनबाट पेट्रोल पनि ल्याउन थालेको हो । निगमले नेपाल–भारत पेट्रोलियम पाइप लाइनबाट गत शुक्रवार र शनिवार दुई दिन पेट्रोल ल्याएको छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म विस्तार भएको अन्तर्देशीय पाइपलाइन ४ वर्षअघि सञ्चालनमा छ। त्यसमा डिजेल ल्याउने गरिएको थियो। पेट्रोल पनि उक्त पाइपलाइन हुँदै ल्याउनका लागि अन्य पूर्वाधार निर्माणको काम भइरहेको थियो।

निगमले पहिलो लटमा ५ हजार किलोमिटर अर्थात् ५ लाख लिटर पेट्रोल पाइप लाइन मार्फत नेपाल ल्याएको हो। निगमले उक्त पेट्रोल इन्डियन आयल कर्पोरेसनमा परीक्षणका लागि नमुना पठाएको जनाइएको छ ।

पाइप लाइनबाट पहिलो लट ५ लाख लिटर पेट्रोल आएको छ भने यसरी ल्याइएको पेट्रोलको गुणस्तर जाँच गर्नुपर्छ। त्यसैले आईओसीमा नमुना पठाइएको हो।

ब्याच फर्मेसन टेस्टको क्वालिटी कन्ट्रोल (क्युसी) पास भएपछि मात्रै पाइप लाइनबाट पेट्रोल आयातले नियमितता पाउनेछ। पाइपलाइन हुँदै पेट्रोल नियमित नेपाल आउन अझै केही समय लाग्ने निगमले जनाएको छ।

यसमा प्रधानमन्त्रीले उक्त पाइप लाइनबाट पेट्रोल आउने समयमा उद्घाटन गर्ने योजनाअनुसार निगमले कार्य तालिका बनाएको छ। अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा उक्त पाइपलाइन परियोजना निर्माणको सम्झौता भएको थियो।

अबको एक महिनाभित्र पेट्रोल पाइप लाइनबाट नियमित रूपमा आउनेछ। अमलेखगन्जमा चाररचार हजार किलो लिटरका दुई पेट्रोल भण्डारण ट्याङ्की निर्माण भइसकेका छन्।

एउटै पाइपबाट एक पटकमा डिजेल र अर्को पटक पेट्रोल पठाउँदा केही मात्रामा मिसिएर आउने गर्छ। त्यस्तो तेल राख्नका लागि पनि छुट्टै ट्याङ्की बनाइएको छ ।

यस्तै २५०/२५० किलोमिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, ३१/३१ लिटरका दुई वटा पानी ट्याङ्क, अत्याधुनिक ल्याब, इलेक्ट्रिक उपकरणसहितका भवन, पम्प हाउस र पाइपलाइन लगायतका पूर्वाधार निर्माण गरिएको छ।

अहिलेसम्म म्यानुअल सिस्टममा रड डिप गरेर पेट्रोल, डिजेल मापन गरेर ट्याङ्करमा लोड गर्दै आएकोमा अब कम्प्युटर प्रणालीबाटै परिमाण मापन गरी लोडिङ गर्न पुरानो म्यानुअल सिस्टमलाई विस्थापित गरेर अटोमेटेड सिस्टम प्रयोग गर्ने गरी पूर्वाधार निर्माण भइरहेको जनाइएको छ ।

IME Lifesidebar
kumari