stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

प्रधान सेनापतिद्धारा दर्ज्यानी चिन्ह प्रदान

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २०८१ आश्विन १८ गतेको मितिबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी हरेन्द्र पाठकलाई आज मिति २०८१ आश्विन २१ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त हुनु भएको छ ।प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति हुनु भएका महासेनानी मनि कुमार श्रेष्ठ र महासेनानी विष्णु बहादुर कार्कीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक प्रमुख सेनानी डा.निरव कायस्थ, प्रमुख सेनानी प्रशान्त बज्राचार्य, प्रमुख सेनानी रित बहादुर रानाभाट, प्रमुख सेनानी सरोज राना र प्रमुख सेनानी सुसिल महतलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति हुनुभएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।

prabhu mahalaxmi
kumari bank
kumari