stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढ्यो,७ अर्बको कारोबार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २ हजार ६९० विन्दुमा आइपुगेको छ । अघिल्लो दिन नेप्से सूचक ५६ अंकले बढेर बन्द भएको थियो । यो सातामा नेप्से सूचक पुन लयमा फर्किने प्रयासमा देखिएको छ ।

बजारले ठुलो लामो करेक्सन पार गरेर अघि बढेको छ । चाडपर्वको मुखको भएको हुँदा लगानीकर्ता खर्च जुटाउने तयारीमा जुटेका छन् ।

धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार कित्ता शेयर खरिदविक्रिहुँदा ७ अर्ब ९ करोड ५९लाख रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा चन्द्रागिरी हिल्स,एनआरएन इन्फाष्ट्रचर,हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र गूडवेल फाइनान्सको २३ करोड रुपैयाँदेखि २६ करोड २३ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

सर्वाधिक नाफा कमाउने कम्पनीमा थ्रिस्टार हाइड्रो,दोल्ती पावर कम्पनी,एनआइसी एशिया फेल्क्स, जोशाी हाइड्रोपावर, पिपुल्स हाइड्रो पावर कम्पनीको ७.५९प्रतिशतदेखि ९.९३ प्रतिशतले बढेको छ ।

त्यस्तै उच्च अंकले बढेको बजारमा इष्र्टन हाइड्रो पावर कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी सबै योजना,वेन नेपाल लघुवित्त वित्तीय संस्था,जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था,पोखरा फाइनान्सको ३.७६ प्रतिशतदेखि ७.४० प्रतिशतले घटेको छ ।

 

prabhu mahalaxmi
kumari