सवारी अनुमति पत्र वितरण बन्द
काठमाडौं । यातयात व्यवस्था कार्यलय ललितपुरले कोभिड १९ को जोखिम बढेको भन्दै सवारी अनुमति पत्र वितरण बन्द गरेको छ ।
मंगलबार सुचना जारी गर्दै कार्यलयले अर्का सुचना जारी नभएसम्मको लागि पत्र वितरण बन्द गरेको जनाएको छ ।
उक्त सुचनामा भनिएको छ, ‘यस कार्यलयबाट वितरण भईरहेको सवारी चालक अनुमति पत्र कोभिड १९ को यस क्षेत्रमा उच्च जोखिम रहेको तथा सङ्क्रमण बढ्दै गईरहेको हुँदा सवारीचालक अनुमति पत्र मिति २०७७ असार ३० गतेदेखि अर्को सुचना नभएसम्मको लागि वितरण कार्य स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ । ‘























