stcnepal long ad
ime life insurance
national life
global ime bank long

निर्देशिका विपरीत कोरोना परीक्षण गर्ने तीन निजी अस्पतालमाथि छानबिन सुरू

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । निर्देशिका विपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने उपत्यकाका तीन वटा निजी अस्पतालमाथि स्वास्थ्य मन्त्रालयले छानबिन सुरू गरेको छ ।

उपत्यकाका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजले बिरामीहरूको आफूखुसी कोरोना परीक्षण गरेर शुल्क लिने गरेको गुनासो बाहिर आएपछि मन्त्रालयले गुणस्तर मापन तथा अनुगमन महाशाखालाई छानबिन अगाडि बढाउन निर्देशन दिएको थियो ।

छानबिनका लागि महाशाखाले वरिष्ठ औषधि व्यवस्थापक डा. पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले अस्पतालले परीक्षणको नाममा नाफा लिने काम नगरेको दाबी गरे ।

मन्त्रालयले जारी गरेको नयाँ ’कोभिड १९ टेस्टिङ’ सम्बन्धी निर्देशिका अनुसार लक्षणविहीन व्यक्तिको कोरोना परीक्षण गर्न नपर्ने भनिएको छ ।

तर अहिले अस्पतालहरूमा आपतकालीन शल्यक्रिया गर्नुपर्ने र अन्य बिरामीको पनि परीक्षण भइरहेको छ । त्यस्ता व्यक्तिहरूबाट अस्पतालले परीक्षण गरेबापत शुल्क असुल्ने गरेको पाइएको हो ।

अहिले मन्त्रालयले दुइटा निजी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ । जसमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्टार अस्पताल छन्।

IME Lifesidebar
kumari