stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा उपरथी शाह नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका ध्रुव प्रकाश शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बिहीबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति सिग्देलले उपरथीमा पदोन्नति भएका ध्रुव प्रकाश शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

पदोन्नतिसँगै उपरथी शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यस्तै प्रधानसेनापति सिग्देलले महासेनानीबाट सहायक रथी दर्जामा पदोन्नति भएका अनुप अधिकारीलाई र प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति भएका प्राविधिक डेन्टिस्ट डा. रिवाज कार्कीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

prabhu mahalaxmi
kumari