stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एक सिमेन्ट र एक स्टिलका उद्योगको उत्पादन गुणस्तर हिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर अनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ । विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तर अनुरुप उत्पादन नगर्ने गोयन्का सिमेन्ट प्रा.लि. रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालि मोरङलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगको गुणस्तर विभागको प्रयोगशालामा परीक्षण गराउँदा उक्त दुई उद्योगले नेपाल गुणस्तर अनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिए ।

गोयन्का पीएससी सिमेन्टको सात दिनको कम्प्रियसिभ स्टे«न्थको मान २२ एमपीए हुनुपर्नेमा १८ एमपीए भएकाले कारबाही गरेको हो ।

यस्तै कमला स्टिल्सको सङ्कलित नमूनाको सल्फर र फस्फोरसको मान ०.११९ प्रतिशत हुनुपर्नेमा ०.१०५ प्रतिशत भएकाले कारबाही गरिएको विभागले जनाएको छ ।

विभागले दुवै उद्योगलाई नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम (१६) अनुसार इजाजतपत्र स्थगन गरेको हो । रासस

prabhu mahalaxmi
kumari bank
kumari