नेपाललाई चाैलागाईकाे सहयाेग
काठमाडौ । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य सदस्य गाेविन्द प्रसाद चाैलागाईले झन्डै ४६ बर्ष छाप माध्यम मार्फत पत्रकारिता गर्दै आउनु भएका वरिष्ठ पत्रकार चक्रपाणि नेपाललाई आर्थिक सहयाेग गर्नु भएकाे छ । उहाँ यतिबेला अस्वस्थ हुनुहुन्छ ।
उमेरले ८० लागेका जोस र जागरले भरिएका उर्जाशिल बयोबृद्द एउटा पत्रकार बिरामी हुँदा राज्यले न त सम्बोधन गर्छ न त कोहि सहारा बन्न सक्छन् । जीवनकालको अन्त अन्तमा सबैको हालत यस्तै छ।
राज्यले एउटा परिणाममुखि नीति मार्फत तत्काल सम्बोधन गरोस् । स्वयभु भगवानपाउ को एक घरमा एक्लै एउटा कोठामा आर्थिक अभाव झेलिरहेका उनै पत्रकारलाई संचार केन्द्र नेपालका अध्यक्ष एब नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य गोबिन्द्प्रसाद चौलागाईंले उहाँ बसेको कोठामा पुगि आफ्नो ब्यक्तिगत आर्थिक सहयोग सहितको केही स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ। यसैगरी अरु इच्छुक साथीहरूले उहाँलाई सहयोग गर्न आग्रह गर्दछु । अस्वस्थ पत्रकार नेपाल को शिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।




























