stcnepal long ad
national life

दुई प्रकारका औषधि बिक्री वितरणमा रोक, प्रयोग नगर्न आग्रहका

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाइएको छ ।

बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रा.लि.का न्यून गुणस्तरका दुई औषधिको बिक्री वितरणमा रोक लगाएको हो ।
मेट्रो ४०० एमजी (मोट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाइएको हो ।
औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक बिक्री वितरकलाई मङ्गलबार निर्देशन दिइएको छ । विभागले उक्त औषधि सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न आग्रह गरेको छ ।

 

gold
kumari bank
kumari
nawakantipur long