नबिल बैंक र हुवावे टेक्नलोजी बीच सहकार्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले हुवावे टेक्नोलोजिसँग रणनीतिक साझेदारी सम्बन्धी सम्झौता गरेको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हुवावेका नेपाल प्रमुख डेङ चुगेनले हस्ताक्षर गरेका हुन।

हस्ताक्षरपछि बैंकका प्रमुृख कार्यकारी अधिकृत शाहले हुवावेजस्तो विश्व विख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साहित भएको बताए।

रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित ”लिडिङ डिजिटल बैंक” बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने उनले बताए।

हुवावे टेक्नलोजीले विश्वका सयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रकृयामा सहभागी भई सँगालेको व्यवसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील बनाउने शाहले बताए।

कार्यक्रमा बोल्दै हुवावेका चुगेनले क्लाउड प्रविधि, आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि, क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली, वाइफाइ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकलाई सशक्त बनाइने बताए।

नबिल बैंकको आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने बताए।

हुवावेले आफ्ना वीत्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हुवावेकै नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकका ग्राहकलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्ने छ।

हुवावेका नेपाल प्रमुख डेङ चुगेनले हाल विश्वका ५०० उत्कृष्ठ कम्पनीहरुमध्ये २२८ तथा उत्कृष्ठ १०० मध्ये ५८ कम्पनीहरुको प्रविधिमा आधारित परिवतर्नका प्रकृयामा विश्वसनीय सहयात्रीको भूमिका निर्वाह गरिरहेका जनाकारी गराए ।

हुवावै टेक्नलोजीज् नेपालका प्रतिनिधिले हुवावैको क्लाउड प्रविधि लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउँदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

IME Lifesidebar
kumari