citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पेट्रोल र डिजेलको मूल्य घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा  मट्टीतेलको  प्रतिलिटर १  रुपैयाँ घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार शुक्रबार नै भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटेर आएको थियो ।

सरकारले बजेट वक्तव्य मार्फत सरकारले लगाएको हरित करसमेत जोडेर निगमले मूल्य समायोजन गरेको जनाएको छ । सरकारले हरित करको रूपमा पेट्रोल र डिजेलमा रु १ प्रतिलिटर कर लगाउने घोषणा बजेटमार्फत गरेको थियो ।

घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ ।

निगमले लागू गरेको नयाँ मूल्य शनिबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाल यथावत् रहेको जनाएको छ ।

 

 

himalayan life insurance
igi long