citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपालमा सिट्रोनले ई–सीथ्री शाइन ल्याउँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सांग्रिला मोटर्सले नेपाली बजारमा सिट्रोन ईसीथ्री शाइन कार ल्याउने भएको छ । कारमा अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वीलहरू र इलेक्ट्रिकल ओआरभीएम लगायत सुविधा रहेका छन् ।

यो कार नेपाली बजारमा केही समययमा सार्वजनिक हुने जनाएको छ । सिट्रोन ई(सीथ्री शाइनबाट नवप्रवर्तन, आराम र किफायतीताको उत्तम मिश्रणको अनुभव लिन सकिने कम्पनीले जनाएको छ । सिट्रोन एक फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगसी १०३ वर्ष भन्दा लामो रहेको छ ।

अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ । सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ ।

ग्राहकहरूको अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले सहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटीका साथै एसयूभी सेडान र इलेक्ट्रिक तथा प्लगइन हाइब्रिड पावरट्रेनहरू भएका  व्यावसायिक  सवारी साधनहरू सहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ ।

व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड सिट्रोन १०१ देशहरूमा विस्तार भएको कम्पनीले जनाएको छ ।

himalayan life insurance
igi long