citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ जनाको आवेदन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ जनाले आवेदन दिएका छन् । आयोग अध्यक्षका लागि आजसम्म आवेदन दिने अन्तिम दिन थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा. रामप्रसाद धिताल, मोतिबहादुर बँवर, डा मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह सायद, अर्जुनजङ्ग थापा र कुशेश्वरप्रसाद साहले आवेदन दिनुभएको छ ।

त्यस्तै सदस्यका लागि जयराम भण्डारी, चूडामणि चापागाई, डा मधुसुदन अधिकारी, सुरेशबहादुर भट्ट, भागीरथी भट्टराई ज्ञवाली, कृष्णसिंह बस्नेत, शकुन्तला ढकाल मरहट्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साह, डा. सूर्यकुमार सापकोटा र जेनी पुरीले आवेदन दिनुभएको छ ।

मन्त्रालयले गत वैशाख २६ गते १५ दिनभित्र आवेदन दिन सार्वजनिक सूचना आह्वान गरेको थियो । सूचनाअनुसार, एक अध्यक्ष र तीन सदस्यका लागि आवेदन दिन भनिएको थियो ।

मुलुकको ऊर्जा क्षेत्रको नियमन गर्ने निकायका रुपमा आयोग क्रियाशील छ । आयोगका अध्यक्ष र सदस्यको कार्यावधि पाँच वर्षको रहेको छ ।

gold
himalayan life insurance long ad