नेपाल मेडिकल काउन्सिलले चिकित्सक नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक
परिक्षामा ५४ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको चिकित्सक नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
उक्त परिक्षामा ५४.६२ प्रतिशत प्रतिशत उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवले जानकारी दिए ।
परीक्षामा एमबीबीएस तर्फ १ हजार ३५६ जना सहभागी भएका थिए । जसमध्ये ७५१ जना परीक्षार्थी उत्तीर्ण भए । १ हजार ३७१ जनाले फर्म भरेको परीक्षामा एमबीबीएस तर्फ १५ जना अनुपस्थित भएको र दुई जनाको स्थगित गरिएको उनले जानकारी दिए ।
यस्तै बीडीएसतर्फको परीक्षामा २९९ जना सहभागी भएका थिए । ती मध्ये १५३ जना उत्तीर्ण भए । बीडीएसमा दुई जना अनुपस्थित रहेका थिए । उक्त परीक्षा गत सोमबारबाट बुधबारसम्म चलेको थियो ।