citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

मुलुकभर आंशिक बदली, केही प्रदेशमा वर्षा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

जसका कारण देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी  तराईका एक–दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग  सहित हल्का  वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राती पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २३ दशमलव ४ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

गएको २४ घण्टामा काठमाडौंमा १२ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । सबै भन्दा धेरै दिपायलमा ४६ दशमलव ८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

gold
himalayan life insurance long ad