stcnepal long ad
global ime bank long

युरोपियन बिजनेश फेयर जेठ २ र ३ गते हुने

नेपालबाट वार्षिक करिव १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ ।

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल र युरोपियन युनियनको सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसर तथा नेपाल र युरोपियन युनियन बिजनेश फोरम २०२४ को अवसर पारेर युरोपियन इकोनोमिक चेम्बर नेपालबाट आगामी १५ र १६ मे २०२४ अर्थात २०८१ जेठ २ र ३ गते काठमाडौंको सोल्टी होटलमा बिजनेश फेयर २०२४ आयोजना हुन लागेको छ।

नेपाल र युरोपियन युनियन बिजनेश फोरम २०२४ मा सहभागी हुन आउने युरोपियन युनियन भित्रका देशहरूका लगानीकर्ताहरूलाई क्रेताका रूपमा लक्षित गरेर बिजनेश फेयर आयोजना गर्न लागिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले जानकारी दिनु भएको छ।

उक्त व्यापार मेलामा स्टल खरिद गरि भाग लिन इच्छुक सदस्य,फर्म,कम्पनीहरूलाई नेपाल हस्तकला महासंघको सिफारिसमा सहभागिता प्रदान गरिने नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं वाणिज्य परिषदका सभापति दिल्ली रत्न तुलाधरले जानकारी दिनु भएको छ।

नेपालबाट वार्षिक करिव १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको महासंघका उपाध्यक्ष तुलाधरले बताउनु भएको छ।

महासंघका उपाध्यक्ष तुलाधरले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्त्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवर्द्धन गर्नमा सरकारले आगामी नीति कार्यक्रम तथा बजेट घोषणामा विशेष ध्यान दिनुपर्ने पनि बताउनु भएको छ।

IME Lifesidebar
kumari