stcnepal long ad
himalayan life insurance long ad

देशमा ठूलो सुरक्षा चुनौती छैन : प्रधान सेनापति शर्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका छन् ।मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका हुन् ।

संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौती नरहेको उनले स्पष्ट पारे ।

उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातिय पहिचानको आधारमा केही घटनाहरू हुने गरेपनि ती समस्याहरूलाई स्थानीय स्तरमै राजनीतिक दलहरूले मिलाउने गरेका बताए ।

देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको उनको भनाई छ ।

उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरू बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रूपमा नरहेको स्पष्ट पारे ।

त्यस्तै, दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ति गतिविधिले सुरक्षालाई कुनै असर नपुर्याएको शर्माको भनाई छ ।