stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं। पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ। जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद समेत रहेका आलमलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो।

न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो। इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई जन्मकैद हुने फैसला गरेको हो। यस मुद्दामा प्रतिवादी बनाइएका मुक्ति साहले भने सफाइ पाएका छन् ।

आलममाथि २०६४ साल चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको अभियोग लागेको थियो। सर्वोच्च अदालतको आदेशपछि आलम २०७६ असोज १९ मा पक्राउ परेका थिए।

prabhu mahalaxmi
kumari