citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य: प्रधान सेनापति

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य रहेको बताएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रूपमा देखा परिरहेको साइबर अपराधलाई अनुगमन, नियमन र नियन्त्रण गर्न आवश्यक पहलहरूको पहिचान गर्ने उद्देश्यले सञ्चालित चौँथो संस्करणको एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी(२०८१ बिहीबार सम्बोधन गर्दै प्रधानसेनापति शर्माले यस्तो बताएका हुन् ।

नेपाली सेनाका अनुसार डिजिटल सम्पत्तिहरूको सुरक्षा मात्र नभई राष्ट्रको सार्वभौमसत्ताको रक्षा, महत्त्वपूर्ण प्राविधिक पूर्वाधारहरूको सुरक्षा तथा नागरिकहरूको सरकारप्रतिको विश्वास समेत कायम गर्नका लागि बलियो साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य भएको बताएका हुन् ।

साइबर हमलाको जोखिम बढ्दै गएको अवस्थामा साइबर हमला तथा यसका जोखिमहरूलाई न्यूनीकरण, निस्तेज र निर्मूल गर्दै संवेदनशील इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी पूर्वाधारहरूको रक्षा गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरूको समन्वय र सहकार्यको आवश्यकता माथि शर्माले जोड दिए ।

दुई चरणमा सञ्चालित गोष्ठीमा विभिन्न मन्त्रालय, नेपाली सेना, अन्य सुरक्षा निकाय र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

himalayan life insurance
igi long