sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साउदीले २०२४ मा ५९ हजारलाई सिजनल भिसा दिने भएको छ । साउदीका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद अल–राजीले सन् २०२४ मा विभिन्न देशबाट विभिन्न पेसाका लागि ५९ हजारभन्दा बढी सिजनल भिसा जारी गरिने बताए ।

मक्का चेम्बर अफ कमर्सको मुख्यालयमा आयोजित व्यापारीहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री अल–राजीले मौसमी काममा साउदीका युवालाई आफ्नो क्षमता र सीप विकासमा महत्वपूर्ण योगदान पु¥याउने पेसामा सशक्तीकरण गर्नुपर्नेमा जोड दिए ।

उनले मौसमी भिसाले हज र उमराहजस्ता विशेष मौसममा कम्पनीको कामलाई सहज बनाउन सहयोग गर्ने बताए ।

‘उनीहरूलाई तोकिएको दायराभित्र भर्ना गरिएको काम मात्र गर्न सक्षम बनाउन र भिसा धारकलाई हज गर्न अनुमति नदिने कुरा सुनिश्चित गर्न आवश्यक छ,’ उनले भने । उनले आफ्नो मन्त्रालय, मक्का चेम्बरबीच चुनौती छलफल गर्न, अवसरमा लगानी गर्न, विशेष गरी हज, उमराह सिजनसँग सम्बन्धित र सिफारिस पेस गर्न कार्य टोली गठन गर्ने घोषणा गरे ।

व्यापारीसँगको संवाद सत्रमा उनले निजी क्षेत्रमा काम गर्ने साउदीको संख्या १७ लाखबाट २३ लाखमा बढेको बताए ।

‘निजी क्षेत्रको रोजगारीमा महिला सहभागिता १७ प्रतिशतबाट बढेर ३५।३ प्रतिशत पुगेको छ, भिजन २०३० लक्ष्य ३० प्रतिशतभन्दा बढी छ, यसले श्रम बजारमा साउदी महिलाको दक्षता देखाउँछ,’ उनले निजी क्षेत्रको सहयोगको प्रशंसा गर्दै भने ।

मक्का चेम्बरको सञ्चालक समितिका उपाध्यक्ष मुस्तफा रजवले आर्थिक कार्य प्रवद्र्धन र समाजलाई सहयोग गर्ने चेम्बरको उपलब्धि’दयगत जानकारी गराएका थिए ।

‘हामीले साउदी भिजन २०३० को अनुरूप, कुनै प्रतिबन्धबिना, मक्काका व्यापारीको भूमिका खेल्न निस्क्यौं जसले भव्य मस्जिद र मुस्लिमको किब्लाको नजिकको आनन्द लिन्छ ।

इस्लामिक चेम्बर अफ कमर्स, मक्का चेम्बर, मदिना चेम्बर, जेद्दा चेम्बर र ताइफ चेम्बरलाई मुस्लिम व्यापारको भेटघाट गर्ने ठाउँका रूपमा ल्याएर हामीले मनाफियाको विचार अपनाउन थाल्यौं,’ उनले भने ।

७३ नेपालीलाई एक्जिट भिसा
साउदी अरबमा विभिन्न कारण गैरकानुनी रूपमा बसोबास गर्दै आएका ७३ नेपालीले ‘एक्जिट भिसा’ ९बहिर्गमन भिसा० पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ७३ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् ।

सम्बन्धित  देशको दूतावासले  अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ । रियादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीका अनुसार दूतावासको पहलमा २०२३ मा २ हजार ९३ जना नेपालीले एक्जिट भिसा प्राप्त गरेको जानकारी दिए ।

साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमतिपत्र ९इकामा० नबनाएका तथा नवीकरण नगरेकाहरूले स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ ।

एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ । एक्जिट भिसाको प्रोसेस निःशुल्क हुने दूतावासले जनाएको छ ।

यसका लागि एक पैसा पनि तिर्नुपर्दैन । साउदीमा करिब ११ हजारभन्दा बढी नेपाली गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ भने दूतावासको सम्पर्कमा नआएका त कति छन् कति ।

साथै यस्ता घटनाहरूलाई कम गर्न दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीने आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ ।आजको राजधानी दैनिकमा समाचार छ ।

gold
nawakantipur long