stcnepal long ad
global ime bank long

नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने स्थानीय तहलाई चेतावनी

विद्युत् लाइन जुनसुकै बेला काटिन सक्छ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काटिदिने चेतावनी दिएको छ।

शुक्रबार सूचना प्रकाशन गरेर प्राधिकरणले विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महसुल नबुझाएको बताउँदै महसुल नतिर्नेको लाइन काटिने जनाएको हो ।

रीतपूर्वक सडक बत्तीको ग्राहक नबन्ने, बक्यौता महसुल समर्थन नगर्ने, महसुल नतिर्ने र बिनामिटर नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र कार्यालयको समेत विद्युत् लाइन जुनसुकै बेला काटिन सक्ने प्राधिकरणले जनाएको छ ।

IME Lifesidebar
kumari