stcnepal long ad
Himalayan bank

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित खरिद गर्न चाहेको शेयरको विवरणसमेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long