stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बिरिसु मिडिया प्रा.लि.को दोस्रो वार्षिकोत्सव, २८ श्रष्टा सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । बिरिसु मिडिया प्रा।लिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक,व्यवसायिक,कलाकारिता र पत्रकारितामा विशेष योगदान दिएका २८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै माननिय मन्त्री हित बहादुर तामाङले शुभकामना व्यक्त गर्नुहुँदै विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान प्रदान गर्नाले हौसला मिल्ने र सम्पूर्ण सम्मानित व्यक्तिहरुलाई बधाई ज्ञापन गरे ।

उनले बिरिसु मिडियाले नमुना योग्य कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो । विशिष्ट कार्य गरेवापत बिरिसु मिडियाले सम्मान प्रदान गरेको र राज्यले पनि हौसला प्रदान गर्न सम्मान कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथी गुरु लामा घ्याछो रिम्पोछे ज्यूले शुभकामना व्यक्त गर्नुहुँदै बिरिसु मिडिया प्रा।लिलाई थप सफलताको कामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार सुरेन्द्र महर्जन ‘अमरु लाई ‘मुर्धन्य व्यक्तित्व सम्मानु,पत्रकार शरण हुमागाईलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान,चलचित्र कलाकार रश्मि पाण्डेलाई ‘राष्ट्रिय कला सम्मान’, हाँस्य अभिनेता हरि निरौला ‘कक्रोजु लाई ‘राष्ट्रिय कलाकारिता सम्मान’, वरिष्ठ फोटोग्राफर च्याङ्बा लामालाई ‘राष्ट्रिय फोटोग्राफी सम्मान’, मेकअप आर्टिस्ट विक्रम गौतमलाई ‘राष्ट्रिय कला सम्मान’ कलाकार एंव व्यवस्थापक विज्ञान पाण्डेलाई ‘राष्ट्रिय कला सम्मान’, सामाजिक अभियन्ता रश्मि शाक्यलाई ‘राष्ट्रिय सेवा सम्मान’, कलाकार देउकला सुनुवारलाई प्रतिभा सम्मान, कलाकार बिराज बाँस्कोटालाई ‘राष्ट्रिय कला सम्मान’, युवा व्यवसायी नुन बहादुर तामाङलाई ‘राष्ट्रिय सेवा सम्मान’, गायक मदन कुमार थापालाई ‘राष्ट्रिय कला सम्मान’,युवा व्यवसायी जीवन परियारलाई ‘राष्ट्रिय सेवा सम्मान’,गायक एंव संगीत संयोजक कुन्साङ दोर्जे लोप्चनलाई ‘राष्ट्रिय कला सम्मानु’ वरिष्ठ डिजाइनर चुडामणी नेपाललाई ‘राष्ट्रिय सेवा सम्मान’,कलाकार एंव व्यवसायी कृष्ण बहादुर पुरीलाई ‘राष्ट्रिय कला सम्मान’,युवा व्यवसायी रमेश विश्वकर्मालाई ‘राष्ट्रिय सेवा सम्मान’,गायिका बिशु तामाङलाई ‘राष्ट्रिय कला सम्मान’,कलाकार अनु के.सीलाई प्रतिभा सम्मान, प्रोडक्सन डिजाइनर सुजन गौतमलाई ‘राष्ट्रिय कला सम्मान’ गायक जल बहादुर लामालाई ‘राष्ट्रिय कला सम्मान’,हाँस्य कलाकार तथा निर्देशक श्रीशक्ति बराइलीलाई ‘राष्ट्रिय कला सम्मान’,मेकअप आर्टिस्ट बिमला तामाङलाई ‘राष्ट्रिय कला सम्मान’,कलाकार हरिलाल तामाङलाई ‘राष्ट्रिय कला सम्मान’,छायांकार एंव भिडियो सम्पादक गंगाराम राईलाई ‘राष्ट्रिय कला सम्मान’,सञ्चारकर्मी राजकुमार रायमाझीलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’,गायिका तथा सञ्चारकर्मी हेमन्ता भट्टराईलाई ‘राष्ट्रिय कला सम्मानु,निर्देशक देवराज गुरुङलाई ‘राष्ट्रिय कला सम्मानु गरी २८ जनालाई सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष एंव पत्रकार विवेक लोप्चनले धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि अझ शसक्त ढंगले विविध क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्ने र थप हौसला प्रदान गर्ने बताए । कार्यक्रमको संयोजक लक्षु प्रकाश मल्लले गरेका थिए ।

गायिका एंव बिरिसु मिडिया प्रा।लिका निर्देशक सुस्मिता स्याङ्तानले विविध क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई राज्यले गर्नुपर्ने सम्मान आफ्नो संस्थाले गरेको बताइन ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी राजकुमार रायमाझिले गरेका थिए भने उक्त कार्यक्रममा कलाकार,पत्रकार एंव विशिष्ट क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो ।

prabhu mahalaxmi
kumari