stcnepal long ad
Himalayan bank

सुजुकीले ल्यायो ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाइल्स प्रा.लि.ले नयाँ वर्षको अवसरमा, ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुटका साथै थप स्क्र्याच कार्डमार्फत १ लाखसम्म नगद पाउन सक्नेछन् ।

यस्तै, कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ र स्कुटरमा २० हजार रुपैयाँ वा फाइनान्समा शून्य ब्याजदरमध्ये जुन ठीक लाग्छ त्यो ग्राहकहरुले छनोट गर्नसक्ने कम्पनीले जानकारी गराएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ । यो योजना चैत १४ गतेदेखि २०८१ जेड १८ गतेसम्म लागू हुनेछ ।

himalayan life insurance
igi long