stcnepal long ad
ime life insurance
national life
global ime bank long

अधिकांस स्थानको मौसम आज सफा रहने

पहाडी भेगमा भने आंशिक बदली

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपालमा  पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय  वायुको आंशिक प्रभाव परेको छ ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको  मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती भने पहाडी भू–भागमा आंशिक बदली हुनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २६ दशमलव ७ डिग्रीसम्म पुग्ने महाशाखाको अनुमान छ ।

IME Lifesidebar
kumari