stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली चलचित्र ‘लन्डन टु पेरिस’ २५ जेठबाट रिलिज हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली चलचित्र ‘लन्डन टु पेरिस’ २५ जेठबाट रिलिज हुने भएको छ । निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै यो चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्कालाई समेटिएको छ । यो चलचित्रमा साम्राज्ञी र निश्चलसँगै कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको मुख्य भूमिका रहेको छ । यही चलिचत्रबाट निश्चल र गरिमाले नायक नायिकाको रुपमा नेपाली चलचित्र उधोगमा डेब्यु गर्दैछन् ।

यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । आफ्नो चलचित्रमा यात्राको प्रेमकथा समेटिएको निर्देशक लामिछानेले बताएका छन् ।

सिनिश खकुरेल सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई अल नेपाल वितरण गर्नेछन् ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ ।

यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

IME Lifesidebar
kumari