citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

डा. आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्यमा मनोनित

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित हुनु भएको छ ।

प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप (दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हाँसिल गर्नुभएका तथा चिकित्सा क्षेत्रमा चार दशक भन्दा बढीको अनुभव संगाल्नु भएका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुनुहुन्छ ।

नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत रहिसक्नु भएका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्वउपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत रहिसक्नुभएको छ ।

डा. श्रेष्ठ नेपाल मेडिकल कलेजका संस्थापकसंचालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत हुनुहुन्छ ।

उहाँ हाल काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ ।

 

gold
himalayan life insurance long ad