citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

युनाइटेड अजोड इन्स्योरेन्सले १३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाए

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म युनाइटेड अजोड इन्स्योरेन्सले १३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यसको उक्त आम्दानी १० करोड ८२ लाख रुपैयाँबाट बढेर १८ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कमिसनबाट हुने आम्दानी पनि बढेको छ ।

कम्पनीको कुल दावी भुक्तानी ८१ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्ष ४१ करोड ४६ लाख रुपैयाँ थियो । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २१ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

युनाइटेड अजोडको बिमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । पुससम्म यसले ४४ करोड ४० लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ ।

यो गत वर्षको भन्दा ८५.३६ प्रतिशतले धेरै हो । गत वर्ष यसले २३ करोड ९५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।

यसको प्रतिसेयर आम्दानी पनि बढेर १३ रुपैयाँ ८५ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १९४ रुपैयाँ ७४ पैसा रहेको छ ।

gold
himalayan life insurance long ad