stcnepal long ad
ime life insurance
national life
global ime bank long

मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठान ६८ प्रतिशत मात्रै दर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भएको तथ्य देखिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल वितरण व्यापार सर्वेक्षण, २०७८ अनुसार मुलुकभर सञ्चालन भएका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता नभई सञ्चालन हुने गरेको पाइएको छ । सर्वेक्षण अनुसार मुलुकभर थोक तथा खुद्रा व्यापार गर्ने चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान रहेका छन् ।

सर्वेक्षणमा कोशी प्रदेशमा ८९ हजार २३, मधेश प्रदेशमा ७४ हजार २२२ व्यापारिक प्रतिष्ठान रहेका छन् । यस्तै बागमती प्रदेशमा सबैभन्दा बढी एक लाख ४४ हजार ४४०, गण्डकी प्रदेशमा ५० हजार ५७५, लुम्बिनी प्रदेशमा ८३ हजार ६७२, कर्णाली प्रदेशमा २२ हजार ७२८ र सुदूरपश्चिममा ३३ हजार ३९८ प्रतिष्ठान रहेका छन् ।

ती प्रतिष्ठानमा ११ लाख ३० हजार ६४५ मानिसहरू संलग्न रहेका छन् । जसमा महिलाको सङ्ख्या चार लाख तीन हजार ९६४ जना र पुरुष सात लाख २६ हजार ६८१ जना रहेका छन् । यस अनुसार महिलाको सहभागिता ३६ प्रतिशत र पुरुषको ६४ प्रशित रहेको देखिन्छ ।

सय वटा प्रतिष्ठानलाई आधार मान्दा औसत १४६ जना पुरुष र ८१ जना महिला रोजगारीमा रहेको सर्वेक्षणले देखाएको छ । यस्तै यस क्षेत्रमा संलग्न कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारका सङ्ख्या दुई लाख १९ हजार ५५१ रहेको छ ।

सर्वेक्षणले यस क्षेत्रमा तलब, ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा पनि तलब ज्याला र अन्य सुविधा नलिई काममा संलग्न रहेको देखाएको छ ।

मुलुकमा वैध रूपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानमध्ये महिलाको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ । २०६५ सालयता गरिएको सो सर्वेक्षणका अनुसार मोटर ट्रेड एन्ड रिपियरमा महिलाको स्वामित्व सबैभन्दा कम आठ प्रतिशत छ ।

कुल ७४ प्रतिशत प्रतिष्ठान पुरुषको स्वामित्वमा रहेका छन् भने २६ प्रतिशत महिलाको स्वामित्वमा रहेको पाइएको छ । रिटेल ट्रेडमा ७४ प्रतिशत पुरुषको स्वामित्व र २६ प्रतिशत महिलाको स्वामित्व रहेको छ ।

यस्तै ‘होलसेल ट्रेडमा ८४ प्रतिशत पुरुष र १६ प्रतिशतमा महिलाको स्वामित्व रहेको छ । सर्वेक्षण अनुसार व्यापारिक प्रतिष्ठानको आफ्नो मुख्य कार्यबाहेक अन्य क्रियाकलापबाट दुई अर्ब चार करोड आम्दानी भएको पाइएको छ । प्रति प्रतिष्ठान औसत अन्य आम्दानी ६९ हजार रहेको पाइएको छ ।

सर्वेक्षणमा तलब ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिको सङ्ख्या तलब ज्याला सुविधा लिई काम गर्नेहरूभन्दा बढिरहेको पनि दाबी गरिएको छ ।

विभिन्न वस्तुको खरिद तथा बिक्री गर्दा हुने व्यापार अन्तर अनुमान र व्यापारिक प्रतिष्ठानहरूको रोजगारी, तलब, ज्याला, पुँजी निर्माणको तथ्याङ्क आकल गर्नु यस सर्वेक्षणको उद्देश्य रहेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

IME Lifesidebar
kumari