stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

उपत्यकाका १८ पेट्रोल पम्प १५ दिन भित्रै हट्दैछन् 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगमलाई पत्राचार भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी दिए । उनले पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइनेछ भने ।
नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाडौँ उपत्यकाको बढी मात्रामा सवारीसाधन आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताए ।
उनले निगमलाई प्राप्त पत्र अनुसार सम्बन्धित पेट्रोल पम्पलाई समेत निगमका तर्फबाट पत्राचार भएको जानकारीसमेत दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काठमाडौँका १२ र ललितपुरका छ वटा पेट्रोल पम्प हटाउन निगमलाई निर्देशन दिइएको छ ।
उनले पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिइएको छ । सो अवधिभित्र सम्बन्धित पेट्रोल पम्पले कहाँ कुन ठाउँमा सार्ने हो सोको आयल निगमको अनुसूचीमा भर्नुपर्छ, त्यसपछि निगमले सो ठाउँबारे जाँचबुझ गरी थप प्रक्रिया अगाडि बढाउने बताए । निगमबाट पेट्रोल पम्पलाई माघ ८ गते पत्राचार भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले बढ्दो जनसंख्या र सवारी साधनले काठमाडौँ उपत्यकाको सडक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । अहिलेको अवस्थामा सडक छेउका पेट्रोल पम्प व्यवस्थापन गर्न ट्राफिक महाशाखालाई पत्र प्राप्त भएको जानकारी दिए ।
उनले उपत्यकाको सडक व्यवस्थापन गर्न प्रधानमन्त्री कार्यालयबाट भएको निर्णयलाई हामी कार्यान्वयन गर्छौँ, सडक ओगटेर कुनै पनि पेसा व्यवसाय गर्न पाइँदैन, कुनै पनि कारणले सडक अवरोध भयो भने सडक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले त्यसलाई हटाउँछ भने ।
आजको गोरखापत्र दैनिकबाट सोमबार, २० माघ २०७६

prabhu mahalaxmi
kumari