stcnepal long ad
global ime bank long

अतिरिक्त शुल्क मागेपछि नेपालगन्ज मेडिकल कलेज विरुद्ध उजुरी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपालगन्ज मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिएका छन । सरकारले निर्धारण गरेभन्दा इन्टनसिपका लागि दुई लाख र सेक्युरिटी डिपोजिटका लागि एक लाख गरी थप तीन लाख गैरकानुनी रूपमा माग गरेपछि प्रशासन गुहार्न पुगेका हुन । उनीहरूले निर्धा्रित शुल्कमै भर्ना हुन पाउनुपर्ने माग गर्दै उजुरी दिएका हुन ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७६, ०७७ का लागि एमबिबिएसमा उपत्यकामा ४० लाख २३ हजार दुई सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ । इन्टनसिप लगायतका शुल्क शिक्षण शुल्क भित्रै पर्ने आयोगले स्पष्ट पारेको हो । चिकित्सा शिक्षा आयोगका सदस्य सचिव तथा प्रवक्ता डा. हरिप्रसाद लम्सालले इन्टनसिपका नाममा तोकिएको शुल्क भन्दा छुट्टै लिन नपाउने बताएका छन ।
शिक्षण शुल्क भित्रै समेटिने इन्टनसिप, विश्वविद्यालयको रजिष्ट्रेसन, परीक्षा लगायतका शीर्षकमा अतिरिक्त शुल्क माग गरेका हुन । नेपालगन्जका साथै नेपाल मेडिकल र काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो गरेका छन । शिक्षण शुल्क भित्रै समेटिने इन्टनसिप, विश्वविद्यालयको रजिष्ट्रेसन, परीक्षा लगायतका शीर्षकमा अतिरिक्त शुल्क माग गरेका हुन । नेपालगन्जका साथै नेपाल मेडिकल र काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो गरेका छन ।
चिकित्सा शिक्षा संघर्ष समितिको चेतावनी
चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट समेत अतिरिक्त शुल्क माग गरेकाले अनुसन्धान गरी कारबाही गर्न माग गर्दै आन्दोलनमा उत्रने चेतावनी दिएका हुन । संघर्ष समितिका संयोजक डा. मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका छन ।
यस्ता छन् चारबुँदे माग

१) भर्खरै मात्र काठमाडौं विश्वविद्यालय अन्तर्गत विद्यार्थीहरूबाट अतिरिक्त रकम असुलेको भनी गुनासा आएकाले सम्बन्धित पक्षले छिटो अनुन्धान गरी विद्यार्थीलाई यथाशीघ्र न्याय दिन अनुुरोध गर्दर्छौैँ ।
२) न्यायिक आन्दोलन गर्दै आफ्नो अधिकारका लागि लड्दै गर्दा गण्डकी मेडिकल, चितवन मेडिकल, युनिभर्सल कलेज अफ मेडिकल साइन्स र नेपाल मेडिकल कलेजका प्रथम र दोस्रो वर्षका विद्यार्थीले राष्ट्रको कानुनको रक्षा गर्ने क्रममा परीक्षा दिन नपाएकाले वार्षिक परीक्षा दिने वातावरण मिलाउन त्रिभुवन विश्वविद्यालयलाई निवेदन गर्दछौँ ।
३) तेस्रो र चौथौ वर्षका विद्यार्थीबाट असुली गरिएको अतिरिक्त शुल्क फिर्ता गराउने सन्दर्भमा चिकित्सा शिक्षा आयोगले अनुसन्धानको नाममा ढिलासुस्ती गरिरहेको मान्य नहुने र छिटोभन्दा छिटो फिर्ता गराउन माग गर्दर्छौँ ।
४) भर्खरै प्रवेश परीक्षाको तयारी गरिरहेका सम्पूर्ण विद्यार्थीको हकमा विद्यार्थीलाई पाठ्यक्रमको अन्योलबाट हटाउन यथाशीघ्र पाठ्यक्रम प्रकाशित गर्न माग गर्दछौँ ।
उजुरी आएको थियो, आयोग र केयू पठायौँ – सिडिओ खड्का
ड्ड जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगन्ज मेडिकल कलेजले बढी शुल्क मागेको विषयमा विद्यार्थीको उजुरी आएको बताए । सिडिओ खड्काले विद्यार्थीको उजुरी आइतबार नै चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय पठाएको बताए । उनले भने, ‘कलेजले विद्यार्थीसँग मागेको शुल्क ऐनअनुसार अवैध हो भनेर आयोग र केयूले भन्नुपर्छ ।’ प्रशासनबाट कारबाही गर्ने प्रकृतिको उजुरी नभएकाले आयोग र केयू पठाएको उनले बताए । २०७६ माघ २० सोमबार नयाँ पत्रिकाबाट

IME Lifesidebar
kumari