stcnepal long ad
ime life insurance
global ime bank long

कोरोना महामारीका कारण प्रज्ञा–प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव स्थगित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । असार ९ गते आयोजना गर्न लागिएको नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरिएको छ ।
प्रज्ञा–प्रतिष्ठानले  एक सूचना जारी गर्दै ६३ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरिएको जनाएको हो ।

असार ९ गते आयोजना गरिने विभिन्न कार्यक्रमहरूका साथै राष्ट्रिय कविता महोत्सव ‘कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारणले हाललाई स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि एक सूचना प्रकाशन गरि उल्लेख गरिएको छ ।

जारी सूचनामा ‘कविता महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता कम्प्युटर टाइप गरी २०७७ जेठ २५ गतेसम्म प्रतिष्ठानमा आइपुग्ने गरी पठाउनका लागि नेपाली कविहरूलाई अनुरोध पनि गरिएको छ ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले ‘कोरोनाको सन्त्रासबाट मुलुक सहज अवस्थामा प्रवेश गरेपछि उपयुक्त समयमा वार्षिकोत्सव र राष्ट्रिय कविता महोत्सव आयोजना गरिने र त्यसको पूर्व जानकारी सार्वजनिक सूचना मार्फत गराइने’ बताए ।

उपाध्यायले महोत्सवमा प्रतियोगिताका लागि बुझाइएका कविताहरू कार्यक्रम सम्पन्न नहुन्जेलसम्म विद्युतीय वा छापालगायत कुनै पनि माध्यमबाट प्रसारण, प्रकाशन वा सार्वजनिक नगर्न÷नगराउन सम्बद्ध कविहरूलाई सूचित गरिएको सुनाए ।

उनले कार्यक्रम सम्पन्न गर्नुभन्दा अगाडि यीमध्ये कुनै कविता प्रकाशन, प्रसारण वा कुनै पनि माध्यमबाट सार्वजनिक भएको पाइएमा प्रतियोगितामा समावेश नगराइने र कार्यक्रम पूर्व प्रकाशन, प्रसारण वा सार्वजनिक भइसकेको प्रमाणित भएमा सम्बन्धित कवितालाई पुरस्कृत सूचीबाट समेत हटाइने बताए ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले महोत्सवका लागि ५ सय दुई कविता प्राप्त भएको जानकारी दिए ।

prabhu mahalaxmi
kumari