stcnepal long ad
global ime bank long

राजमार्ग अलपत्र पारेको भन्दै नेविसंघ नुवाकोटद्वारा ठेकेदारको पुत्ला दहन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नुवाकोट । नुवाकोट–काठमाडौं जोड्ने पासाङल्हामु राजमार्गको ठेक्का पाएका निर्माण व्यवसायी ठेकेदार शारदा प्रसाद अधिकारीले वर्षौ देखिको सडक बिस्तारको काम अलपत्र पारेका नेबिसंघ नुवाकोटले आरोप लगाएको छ ।

यसै विषयमा नेबिसंघ नुवाकोटले ककनी गाउँपालिका कार्यालय नजिक रानीपौवा बजारमा ठेकेदार अधिकारीको पुत्ला दहन गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

शैलुङ्घ कन्स्ट्रक्शन कम्पनीले बिगत तीन वर्ष पहिले टेण्डर पारेर थालनी गरेको उक्त सडकको स्तरउन्नती कामसहित कालोेपत्रे १८ महिनामा सम्पन गर्नुपर्ने थियो ।

तर, तीन वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएपछि पटक–पटक नेपाली कांग्रेस नुवकोटले मन्त्रालयदेखि ठेकेदार कम्पनीसम्मलाई ज्ञापन–पत्र बुझाउँदा समेत बेवस्ता गर्दै आएकोले जिम्मेवार निकायको ध्यानाकर्षण होस् भन्ने उदेश्यका साथ स्थानीयको सहयोगमा नारावाजीसहित ठेकेदार अधिकारीको पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता महासमिति सदस्य रमेश कुमार महत, बिष्णु गुरुङ, रमेश कुमार पाठक, बिद्यार्थी नेता ज्ञानेन्द्र प्रकाश गजुरेल र स्थानीय जनता तथा कृषक, व्यापारी र ककनी गाउंँपालिकाका अध्यक्ष मान बहादुर लामाको उपस्थिति थियो ।

ठेकेदार शारदा प्रसाद अधिकारी नेकपा अध्यक्षका घरभेटी हुन् । पहुँचकै भरमा ठेकेदार अधिकारीले अर्बौंको ठेक्का हात पार्ने र काम नगरी अलपत्र पार्दै छाड्ने गर्दै आएका छन्, त्यसैले उनको लाइसेन्ससमेत खारेज गरी कालो सूचिमा राख्न नेता महतले माग गरेका छन् ।

IME Lifesidebar
kumari