stcnepal long ad
ime life insurance
global ime bank long

सेफ्टीको नयाँ उत्पादन ‘स्कूल गर्ल’ बजारमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

काठमाडौं । सही शिक्षा, स्रोत साधनहरुको अभावमा बालिकाहरु उनीहरुको रजस्वला अवधिभर विद्यालय जानबाट बञ्चित भएर घर मै बस्नु पर्ने बाध्यता छ, जसले गर्दा उनीहरुले विद्यालयको पढाई छुटाउने गरेका छन् ।

कहिले काँही त बालिकाहरुलाई पूर्ण रुपमा विद्यालय नै त्याग्न पर्ने अवस्था पनि सिर्जना हुने गरेको पाइन्छ । नेपाल सरकारले बालिकाहरुको पढाईमा रजस्वला भएकै कारण समस्या उत्पन्न नहोस् भन्ने उद्देश्यका साथ नेपालभरका विद्यालयहरुमा सित्तैंमा स्यानिटरी प्याड वितरण गर्ने घोषणा गरिसकेको छ ।

यस अभियानको उद्देश्य स्यानिटरी प्याडको सहायताले नेपालका ग्रामीण भेगका किशोरीहरु रजस्वला हुँदा पनि विद्यालय जान नछुटुन् भन्नलाई मासिकस्राव सम्बन्धी स्वच्छ स्वस्थ उत्पादनहरुको पहुँचमा पुगोस् भन्ने नै हो ।

नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ठूलो संख्याका बालिका, किशोरी, युवतीहरु हरेक वर्ष पिसाब तथा विभिन्न किसिमका रोग र सँक्रमणबाट पिरोलिने गरेको पाइएको छ । यसको एक प्रमुख कारण स्यानिटरी प्याडमा उनीहरुको पहुँच नभएकोले त्यसबाट उत्पन्न हुने अस्वस्थ्यकर मासिकस्राव सरसफाइ नै हो ।

यसै तथ्यलाई मध्यनजर राखेर सेफ्टीले सरकारद्वारा जारी आवश्यक मापदण्डहरु अनुकूल हुने गरी यो नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’बजारमा ल्याएको छ ।

यो स्यानिटरी प्याड स्कूल गर्लका विशेषताहरु भनेको प्याडको लम्बाई २४० मिमि, मोटाई १३ मिमि र चौडाई ६५ मिमि हुनुका साथै पर्याप्त सोस्ने क्षमता भएको र प्रयोग गरेपछि नष्ट गर्न मिल्ने तथा नेपालकै उत्पादन हुनु हो ।

यो प्याड सरकारको निर्देशन अनुसारका गुणस्तरहरुमा आधारित रहेर उच्च मापदण्डको बनाइएको छ । स्कूल गर्ल स्यानिटरी प्याड बिक्री शुभारम्भ गर्दै सेफ्टीका बजार व्यवस्थापक स्वर्णिमा राजभण्डारीले भन्नु भयो, “हामी यो नयाँ उत्पादन स्कूल गर्ललाई सरकारको मापदण्ड अनुकूल हुने गरी प्रस्तुत गर्न सक्षम भएकोमा हर्षित एवं गौरवान्वीत पनि भएका छौं र स्यानिटरी प्याडहरु निःशुल्क वितरण गर्ने भनी सरकारले अपनाएको उल्लेखनीय पहलमा हाम्रो पनि सहयोग रहने अपेक्षा हामीले गरेका छौं ।

अब यो प्याडको सहायताबाट मासिक स्राव भएको बखतमा विद्यालय जानबाट बञ्चित रहने किशोरीहरु निरन्तर विद्यालय जान सक्नेछन् ।”

 

 

prabhu mahalaxmi
kumari