stcnepal long ad
ime life insurance
global ime bank long

अस्ट्रेलियाको उच्चस्तरीय बेबी ब्राण्ड ‘ड्रिमबेबी’ अब नेपालमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी अब नेपालका लागि एकमात्र आधिकारिक बितरक आईएमएस ग्रुप अन्तरगत आईएमएस लिटिल स्माइल्स कम्पनीले ड्रिमबेबी का सामाग्रीहरु असार ३ गते भित्र्याएको छ ।

संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध गरिनेछन् । ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएकाछन् ।

ड्रीमबेबीको सामानहरुः गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् । ड्रीमबेबीका सामानहरू आईएमएस लिटिल स्माइल्स शोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन् साथै अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध गराइनेछ ।

ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीमबेबीका सामानहरूमा १०% छुट दिइनेछ । थप रूपमा, ग्राहकहरूले रु. ५००० वा पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टरब्राउनको रु. ९८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ ।

डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामान देखि लिएर पेसिफाइर, सिप्पि कप र अन्य धेरै छन् । अफर असार २१ गते सम्म मात्र मान्यता हुने कम्पनीले जनाएको छ । ‘नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं ।

आमा बुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौँ’–आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भने ।

prabhu mahalaxmi
kumari