कुमारी बैंकको नयाँ शाखारहित बैंकिङ सेवा कास्कीको छोम्रोंगमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले कास्कीको छोम्रोंगबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उ्दघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका थिए । समारोहमा शाखारहित बैंकिङ्ग सेवाका अभिकर्ता मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ । बैंकले आफ्ना देशभर रहेका ११९ शाखा संजाल, ११५ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ ईकाईहरुमार्फत सेवा दिदैं आएको छ ।