macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

इन्टरनेट सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम तत्काल तिर्न निर्देशन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई बक्यौता रकम तत्काल तिर्न निर्देशन दिएको छ । पटक पटक ताकेता गर्दा पनि बक्यौता तिर्न आनाकानी गरेपछि मन्त्रालयले कारबाही गर्ने चेतावनीसहित बक्यौता तिर्न भनेको हो ।

कम्पनीहरुले नेपाल दुरसञ्चार प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष लगायत दस्तुर बापतको साढे दुई अर्ब रुपैयाँ तिर्न बाँकी छ ।

हाल नेपालमा प्राधिकरणबाट अनुमति लिएका २३ वटा इन्टरनेट प्रदायक कम्पनीमध्ये १९ वटा कम्पनीहरुले इन्टरनेट सेवा संचालन गरिरहेका छन् । ती मध्ये नाम चलेका नौ वटा सेवा प्रदायक कम्पनीहरुले प्राधिकरणलाई रकम तिरेका छैनन् ।

मन्त्रालयले बक्यौता नर्तिर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई तत्काल बक्यौता नतिरेसम्म विदेशी मुद्रा सटहीमा रोक लगाउने जनाएको छ । इन्टरनेट प्रदायक संघले भने बक्यौता तिर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad