macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । मन्त्रीपरिषद्को बैठकमा हुँदै आएको खाजा खर्च कटौती भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकमा उक्त खाजा खर्च कटौती गरिएको जानकारी दिनुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती गरेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको थियो ।

प्रत्येक मन्त्रीपरिषद् बैठकमा खाजाबापत करिब ६० हजार रुपियाँ खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस अनुसार वर्षमा एक सयभन्दा बढी मन्त्रीपरिषद्का बैठकमा हुने करिब ६० लाख रुपियाँ खर्च कम हुने भएको छ ।

खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख रुपियाँ जोगिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । नयाँ व्यवस्था अनुसार बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।

सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको उहाँको भनाइ छ । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उहाँले बताउनुभयो ।

सरकारको कार्यशैली बदल्ने घोषणा गर्नुभएका प्रधानमन्त्री दाहाल सार्वजनिक बिदाका दिनबाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गर्नुभएको छ । प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयको जानकारी लिने तथा राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल गर्दै आउनुभएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

himalayan life insurance
igi long
NTA long ad