stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

एक भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एक भारतीयसहित पाँच निर्माण कम्पनी कालोसूचीमा परेका छन्। विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले दुईदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

काली सूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम।पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पी/एस.सी.एफ/ई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रा.लि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा।लि छन्।

ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक–पटक म्याद थप हुँदासमेत का नगरेपछि कार्यालयले कालोसूचीमा राखेको हो।

prabhu mahalaxmi
kumari