stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली स्थगित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मासिक कम्तीमा ५० करोड नाफा सुनिश्चित गरी पेट्रोलियम पदार्थमा लागू गरिएको स्वचालित मूल्य प्रणाली अघोषित रूपमा स्थगित गरिएको छ ।

गत ३१ असारदेखि लागू गरिएको स्वचालित मूल्य प्रणालीअन्तर्गत पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत प्रतिलिटर नाफा सुनिश्चित गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास परल मूल्यमा बिक्री गर्ने गरी कार्यविधि बनेको छ ।

यस्तो कार्यविधिका कारण अन्तर्राष्ट्रिय बजारभाउ जतिसुकै प्रतिकूल भए पनि आयल निगमलाई नियमित नाफा हुने परिस्थिति सिर्जना गरिएको छ ।

तर, दुई महिनायता अन्तर्राष्ट्रिय बजारमा खाना पकाउने एलपी ग्यासको मूल्य अकासिन थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तत्कालका लागि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने गरी तयार गरिएको कार्यविधि कार्यान्वयनमा रोक लगाएको छ ।

कार्यविधिअनुसार मूल्य समायोजन हुन छाडेपछि अहिले आयल निगमले ग्यासमा प्रतिसिलिन्डर तीन सय रुपैयाँ नोक्सान व्यहोरिरहेको छ ।

तर, यस्तो नोक्सानी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको नाफादरबाट ‘मेकअप’ गरिएको छ । आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पनि पछिल्लो समय कार्यविधिलाई पूर्ण पालना नगरी मूल्य समायोजन गर्न थालिएको स्विकारे ।

‘कार्यविधि लागू गर्दा सबै कुरा मिलाउन नसकिने भयो । त्यसैले तत्काललाई जुनदरमा मूल्य घटबढ भएर आउँछ, त्यसमा खासै नाफा नराखी उपभोक्ता मूल्य निर्धारण गर्न थालिएको छ,’ उनले भने । आयल निगम ऋण र बक्यौताबाट मुक्त भइसकेकाले आगामी दिनमा नाफाबापत ठूलो रकम नचाहिने पनि उनले बताए ।

‘आयल निगमलाई धेरै नाफा नराखी मूल्य समायोजन गर्नेतिर लागेका छौँ,’ साहले भने, ‘हाल सञ्चालनमा रहेका पूर्वाधार मर्मत गर्न र नयाँ पूर्वाधार बनाउन वार्षिक तीन–चार अर्ब नाफा भए पुग्छ । त्यसैले अहिले मूल्य समायोजनमा उपभोक्तामैत्री हुन थालिएको छ ।’

साहले ग्यासको घाटालाई पूर्ति गर्न पेट्रोल र डिजेलको नाफादर प्रयोग गर्न थालिएको पनि जानकारी दिए । ‘अहिले ग्यासमा तीन सय रुपैयाँ प्रतिसिलिन्डर घाटा छ,’ उनले भने, ‘यो घाटा पूर्ति गर्न पेट्रोल र डिजेलको नाफादरलाई प्रयोग गरिएको छ ।’

आयल निगमले काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६७ रुपैयाँ र डिजेल एक सय ५७ रुपैयाँ प्रतिलिटर मूल्य निर्धारण गरेको छ । ग्यासको घाटा पूर्ति गर्न प्रयोग नभएको भए पेट्रोल र डिजेलको मूल्य अझै सस्तो पर्ने निगमको भनाइ छ । हाल पाक्षिक रूपमा औसतमा १५ लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । जसकारण पाक्षिक रूपमा ग्यासमा निगमलाई करिब ४५ करोड घाटा छ ।

निगमले ग्यासको भाउ प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ निर्धारण गरेको छ । कार्यविधिको हवाला दिँदै गत १३ असोज (दसैँअगाडि) मा ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय १५ रुपैयाँ वृद्धि गरी दुई हजार एक सय १० रुपैयाँ निर्धारण गरिएको थियो । उक्त कार्यको चौतर्फी विरोध भई भोलिपल्टै मूल्यवृद्धि फिर्ता लिनुपरेको थियो ।

आयल निगमलाई कहिल्यै घाटा नहुने, तर उपभोक्ता महँगीको मारमा पर्ने गरी तयार गरिएको स्वचालित मूल्य प्रणालीका कारण आयल निगमले सुरुको तीन महिनामा करिब दुई अर्ब नाफा गरेको थियो ।

निगमले गत ३१ असारदेखि ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, ०८०’ लागू गरेको तीन महिना (साउन, भदौ र असोज)मा एक अर्ब ८९ करोड रुपैयाँ नाफा आर्जन गरेको हो ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari bank
kumari