evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

एनसेलविरुद्ध डा.अमरेशले दायर गरेको रिट न्यायाधीश सुवेदीको इजलासमा

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा सुनुवाइ रहेको हो ।

यसअघि मङ्सिर २६ गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो । त्यति बेला सो रिट अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेको थियो।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरेको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाएका छन् ।

यसअघि मङ्सिर २४ गते आइतबार र मङ्सिर २५ गते सोमबारको पेसीमा पनि सिंहको रिट हेर्न नभ्याउनेमा परेको थियो ।

igi long
himalayan life insurance long ad