citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हिमालयन डिष्टिलरीको नाफा बढ्यो 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

 

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन डिष्टिलरीले २५ करोड ४० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ३६.८३५ ले बढी हो । गत वर्ष यसले १८ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले खर्चमा मितव्ययीता अपनाउदै गएको देखिन्छ । गत वर्षको तुलनमा सञ्चालन लगायतका खर्च घटेको छ ।
खर्च घटेपछि नाफा बढ्न सहयोग पुगेको हो । हाल यस कम्पनीले स्प्रिट उत्पादन तथा बिक्री वितरण कार्य समेत सुरु गरेको छ । यसले व्यवसाय विस्तार र मुनाफा वृद्धिमा सकारात्मक प्रभाव पारेको कम्पनीको भनाई छ । यता, उत्पादन बिक्रीबाट हुने आम्दानी भने घटेर १ अर्ब ८ करोड १० लाख १९ हजार रुपैयाँमा झरेको छ ।

गत वर्ष यसैअवधिमा उत्पादन बिक्रीबाट कम्पनीले १ अर्ब १२ करोड २४ लाख ९६ हजार रुपैयाँ कमाएको थियो । वार्षिक प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ८३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ०७ पैसा रहेको छ ।

हरेक वर्ष मदिराको अन्तः शुल्क दरमा वृद्धि हुने गरेकाले उपभोक्ताको क्रय शक्तिको तुलनामा उत्पादित स्वदेशी मदिरा महँगा पर्न गएको कम्पनीको भनाई छ । विशेषगरी २५ यु.पी. र ३० यु.पी. शक्तिका मदिराहरुको बिक्री वितरणमा कमी आएको कम्पनीले जानकारी गराएको छ ।

himalayan life insurance
igi long