macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

धरौटी बुझाउन जिल्ला अदालतमा बालकृष्ण खाँण, आजै थुनामुक्त हुँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नक्कली भुटानी शरर्णाथी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री कांग्रेस नेता बालकृष्ण खाँण उच्च् अदालत पाटनको धरौटीमा थुनामुक्त गर्ने आदेशपछि आज थुनामुक्त हुने भएका छन् ।

उच्च अदालतले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो । उच्चको आदेशपछि आज खाँण जिल्ला अदालत पुगेर धरौटी बुझाएका छन् ।

अब उनी सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगी प्रक्रिया पूरा गरेपछि थुनामुक्त हुनेछन् । जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाएर खाँण अहिले सम्पत्ति शुद्धीकरण विभाग गएका छन् ।

himalayan life insurance
igi long
NTA long ad