citizens life insurance long ad
stcnepal long ad

अब बैंकिङ र बीमा सेवामा हडताल गर्न नपाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडाैं । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै बैंकिङ र बीमा लगायत २५ सेवा क्षेत्रमा हडताल गर्न नपाइने उल्लेख गरेको छ ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ९३० को उपदफा ९१० ले दिएको अधिकारबमोजिम विभिन्न सेवा क्षेत्रमा हडताल निषेध गरेको हो ।

डाँक, तार, टेलिफोन सेवा, जल,थल वा स्थलमार्फत यातायात सेवा, सञ्चार सेवा लगायतका सेवामा अब हडताल गर्न नपाइने भएको हो ।

यसैगरी खानेपानी वितरण तथा सञ्चालन सेवा, पेट्रोलियम ढुवानी, भण्डारण तथा वितरण सेवा, अस्पताल सेवा, औषधि निर्माण तथा बिक्री वितरण सेवामा पनि हडताल निषेध गरिएको छ ।

यस बाहेक विद्युत सेवा, ईन्टरनेट सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, फोहोरमैला ढुवानी तथा व्यवस्थापन सेवा, भेटरीनरी सेवा, कन्सुलर सेवा तथा राहदानी सेवा पनि हडताल अवरोध गर्न पाइने छैन ।

IME Life
kumari