citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

उपभोग्य मिति उल्लेख नगरी दूध बिक्री गर्ने डेरीलाई ३ जाख जरिवाना

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । दुग्ध पदार्थमा लेबल उल्लेख नगरेको कसुरमा एक डेरी उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार भक्तपुरको एक डेरीलाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

उक्त डेरीले पुरानो दूधलाई पुनः नयाँ प्याकिङ गरेर बजारमा पठाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो ।

उपभोक्ता संरक्षण ऐन अनुसार अत्यावश्यक पेय पदार्थ दूधमा अनिवार्य रुपमा उत्पादन, उपभोग्य र वस्तुको परिमाण र गुणस्तरसहितको लेबल उल्लेख गरिनुपर्छ ।

तर उक्त डेरीले सो नियम पालना नगरेको विभागले जनाएको छ । लेबलबिनाकै बजार पठाउन लागिएको त्यस्तो दूधलाई नष्ट गरिएको पनि विभागले जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank