sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

११ ठाउँमा बीवाईडीको डीसी फास्ट चार्जर जडान

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक सिमेक्स इंकले देशका विभिन्न ठाउँमा डीसी फास्ट चार्जर जडान गरेको छ । चार्जिङ स्टेसनको बढ्दो मागलाई सम्बोधन गर्दै देशका ११ ओटा मुख्य सहरमा सिमेक्सले फास्ट चार्जर विस्तार गरेको हो ।

यसअन्तर्गत पोखरा, नेपालगन्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा डीसी फास्ट चार्जर राखिएको छ ।

मुलकोटमा जडित चार्जरले ६० किलोवाट र अन्य ठाउँमा जडित चार्जरले ३० किलोवाटको आउटपुट दिने कम्पनीले जनाएको छ ।

बीवाईडीको एटो थ्रीमा ८८ किलोवाट र बीवाईडी डल्फिनमा ६० किलोवाटसम्मको फास्ट चार्जिङ प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसो हुँदा यी चार्जिङ स्टेसनबाट गाडीलाई ३० देखि ४५ मिनेटमा ८० प्रतिशतसम्म ‍‍चार्ज गर्न सकिने बताइएको छ ।

साथै चाँडै नै थप १८ ओटा डीसी फास्ट चार्जर सञ्चालनमा ल्याउने कम्पनीको योजना छ । चर्जिङ स्टेसन उपलब्ध स्थान थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

 

gold
kumari bank
nawakantipur long